६ चैत्र २०८० मंगलबार
राजनीति

महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु सभापतिमा नेबिसंघका डिसी निर्वाचित

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन्। एक सदस्य बाहेक अन्य सबै पदमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन।

नेपाल विद्यार्थी संघका डिसीले अखिल संयुक्तका तर्फ बाट अखिल क्रान्तिकारीका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  निर्वाचित भएका हुन्। डिसी एक हजार ९६ मत प्राप्त गर्दै निर्वाचित भए भने महराले ६ सय २० मत प्राप्त गरे।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्टिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए। त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी ९खुमन० ले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गरे।

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी विजयी भए। उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरे। कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत विजयी भए भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरे।

सदस्यमा नेविसंघका बसन्त कडेल,सुरेश पोख्रेल,विवेक खनाल,जीवन डिसी,अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वीयुका सविन पोख्रेल विजयी भए। बिप्लव नेतृत्वको अखिल क्रान्तिकारी ९बिप्लव०ले तालबन्दी गरेका कारण चैत ५ मा निर्वाचन हुन सकेको थिएन। यो क्याम्पसमा चैत ८ गते मतदान भएको थियो, मत परिणाम बिहिबार सार्वजनिक भएको थियो।

प्रकाशित: ९ चैत्र २०७९ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App