२३ श्रावण २०७७ शुक्रबार
राजनीति

संविधान संशोधनका दफा राष्ट्रहित अनुकूल छैनन् : राप्रपा

काठमाडौं— कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘संविधान संशोधन विधेयकका दफा राष्ट्रहित अनुकूल नभएको’ भन्दै संशोधन विधेयक यथास्थितिमा राख्नुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सत्तारुढ दल भए पनि राप्रपा संविधान संशोधन प्रक्रियामा सामेल नरहेको प्रस्टिकरण दिएको छ।

 यथार्थलाई दृष्टिगत गर्दै विधेयकलाई हाल यथास्थितिमा राखी संसदमा रहेका सबै दलबीच समझदारी खोजिनुपर्ने राप्रपाले निर्णय गरेको छ।

यथार्थलाई दृष्टिगत गर्दै विधेयकलाई हाल यथास्थितिमा राखी संसदमा रहेका सबै दलबीच समझदारी खोजिनुपर्ने राप्रपाले निर्णय गरेको छ।

पाँच नम्बर प्रदेशका जनता संशोधन विधेयकविरुद्ध आन्दोलित भएको भन्दै राप्रपाले भनेको छ, ‘संसदमा रहेका दल तथा सम्वद्ध पक्षबीच नयाँ समझदारी र सहमतिको वातावरण कायम गरेर मात्र विधेयकलाई अघि बढाउन राप्रपा सरकारसँग अनुरोध गर्दछ।’

सरकारले संबिधान शंसोधनको निमित्त दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित राजनैतिक दलहरु नै असतुष्ट रहेको भन्दै राप्रपाले संबिधान कार्यान्वनमा देखिएको गतिरोध, निर्वाचनबारे अनिश्चितता एवं मुलुकमा हाल विकसित हुँदै गइरहेको मुठभेडको स्थिति प्रति चिन्ता प्रकट गरेको छ।

‘देश अत्यन्त गम्भीर अवस्थाबाट गुज्रिरहेको, राष्ट्रिय स्वाधिनता र अखण्डतामाथी नै प्रश्नचिन्ह खडा गर्ने प्रयास भैरहेको तथा राज्य संयन्त्रको प्रभावकारितामा ह्रास आइरहेको तितो यथार्थ प्रति सचेत रहन समेत सबै दलहरुसँग राप्रपा आह्वान गर्दछ’, राप्रपाले भनेको छ।

संविधानको कार्यान्वनका लागि २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसदको चुनाव हुनु अनिवार्य भए पनि मधेस केन्द्रित राजनैतिक दलहरुले उठाएका जायज मागहरुको सम्बोधन आवश्यक रहेको ठहर राप्रपाको छ। ‘सत्तारुढ दल भए तापनि विधेयक तयार गर्दा राप्रपासँग परामर्श नभएको तथा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नतुल्याएको’ भन्दै राप्रपाले गम्भीर आपत्ति जनाएको छ। 

संविधान संशोधनको प्रस्तावमा संसदमा छलफल हुनुपर्ने राप्रपाले माग गरेको छ।

सत्ता साझेदार एवं संशोधनका लागि निर्णायक मानिएको राप्रपाले संविधान संशोधनलाई साथ नदिने बताएसँगै पुष्पकमल दाहाल सरकारले दर्ता गराएको ७ बुँदे संविधान संशोधन विधेयकको भविष्यमाथि गम्भीर प्रश्न उब्जिएको छ।

राप्रपाको निर्णय

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App