२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपाको बैठक स्थगितः उपसभापति भन्छन्, 'एक लेवलको निर्णय भइसक्यो, तर गोप्य नै राखौं'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ। उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बैठक बोलाइएको थियो।  

निर्वाचन आचारसंहिता लागु हुने भएपछि औपचारिक बैठक नबसेको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिक न्यूजलाई बताए। 'पार्टीले कसलाई मतदान गर्ने भनेर एक लेवलको अनौपचारिक निर्णय गरिसकेको छ। सार्वजानिक गर्न मिल्दैन', अर्यालले भने, 'गोप्य मतदान हो, गोप्य नै राखौं, जे गर्छौँ राम्रै गर्छौँ'

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम समयमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेका थिए।  

आज हुने उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन्। मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ।

प्रकाशित: ३ चैत्र २०७९ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App