उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दै छ। पार्टी कार्यलय धुम्बाराहीमा बिहान साढे ११ बजे बोलाइएको बैठकमा पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने छ।
आज नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ। बैठकको निर्णयपछि सांसद्हरु सिधैं संसद् भवनमा पुगेर मतदान गर्नेछन्।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम समयमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेका थिए।
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।
प्रकाशित: ३ चैत्र २०७९ ०२:०७ शुक्रबार





