coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भइरहेको गगन थापाको टिप्पणी

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गरेका छन्।

आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो।

नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे।

उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए।

महामन्त्री थापाले भने, ‘रोजगारी सृजना हुन्छ। तर नेपालीले पाउँदैनन् त्यसमा काम। आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन्? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतबस नेपालीलाई कामै दिन्न भनेको त होइन होला। तर के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन? आजको च्यालेन्ज यस्तो आएको छ। यस्तो बेलामा पनि हामीले पुरानो विपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त। के त्यो भन्नु भएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि। हाम्रो भागमा पढिदिनुपर्ने पनि उहाँले। हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने । यो अहिलेको चुनौति हो। यसको समाधान हामीहरुले नै खोज्नु पर्दछ।’

महामन्त्री थापाले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए। उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए।  

प्रकाशित: ३० फाल्गुन २०७९ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App