१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैनः उपसभापति खड्का

फाइल तस्वीर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने निर्णय भइनसकेको बताएका छन्। शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर यस्तो प्रतिक्रिया दिए।

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए। अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने उनले बताए। उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए।  

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ। दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन। त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’

प्रकाशित: २६ फाल्गुन २०७९ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App