७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाले बृहत्तर हित हेरेर निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ। राष्ट्रपति निर्वाचनसम्बन्धी निर्णय लिन राप्रपाले फागुन २४ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘राष्ट्रपति निर्वाचनका सन्दर्भमा राप्रपाले बृहत्तर हितलाई हेरेर निर्णय लिने भएकाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ,’ उनले भने, ‘हामी सबै विकल्पमा खुला छौं। केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रपति निर्वाचनबारे बाँकी निर्णय लिनेछ।’ आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्। राप्रपाको फागुन १२ गतेको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक दुवै नबस्ने भनेर निर्णय गरेको थियो।

आयोगले राष्ट्रपति निर्वाचनको लागि मंगलबारदेखि मौन अवधि लागु भइसकेको अवस्थामा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी लगायत गर्न रोक लगाइएको जनाइसकेको छ। ‘मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी लगायत गर्न रोक गरिएको अवस्थामा त्यसो गरे कारबाहीको दायरामा ल्याइनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ। सो व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि मंगलबारदेखि फागुन २५ गते मतदानकेन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’

आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचारप्रसार नगर्न आग्रह गर्दै मत माग्नका लागि एसएमएस, फेसबुकर भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग नगर्न समेत आग्रह गरेको छ। ‘आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ,’ उनले भने।

प्रकाशित: २४ फाल्गुन २०७९ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App