coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने अनुमति दिएर दलाली गर्‍यो: अध्यक्ष ओली

फाइल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीको सेवा गर्न एमालेसँगको गठबन्धन छाडेको आरोप लगाएका छन्।

 ओलीले दाहाल नेतृत्वको सरकारले भारतबाट आएको विषादीयुक्त तरकारी परीक्षण नगरी नेपालीको भान्सामा पठाएर भारतीय पक्षको सेवा गरेको, मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्विकारेर चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीको खेलमैदान बनाउन खोेजेको आरोप लगाएका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले शनिबार आयोजित एमालेनिकट बुद्धिजीवी परिषद्को केन्द्रीय समिति बैठक र स्थानीय तह कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्। उनले भारतले मुस्ताङको युरेनियमलाई ध्यान दिएर त्यहाँ विश्वविद्यालय खोल्न लगानी प्रस्ताव गरेको बताउँदै त्यो मुलुकका लागि अति खतरनाक हुने दाबी गरे। ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज पचाएको टिप्पणी गरे। उनले प्रधानमन्त्री दाहालले भारतलाई खुसी पार्न त्यहाँबाट आउने विषादीयुक्त तरकारी जाँच नगर्न आदेश दिएको आरोप लगाए।

नेपालीलाई मारेर भए पनि विदेशीलाई खुसी पार्ने काममा सरकार लागिपरेको भन्दै उनले विरोधमा उत्रिन नेता, कार्यकर्तालाई निर्देशन दिए। ‘मुस्ताङमा विश्वविद्यालय भनेको के होरु मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथि प्रहार हो, मित्र राष्ट्र चीनविरुद्ध गद्दारी गर्नु हो। २०३१ साललाई ठुलो स्केलमा दोहोर्याशउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौम सत्तालाई अस्वीकार गर्न खोजिएको हो। स्वाधीनतालाई अस्वीकार गरेको हो। के हो त्योरु विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँरु विश्वविद्यालयका नाममा अर्थोक नै गर्न खोजेको हो,’ ओलीले भने, ‘मुलुकलाई विदेशीको खेलमैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियममा ध्यान दिएको हो।’

यसै सन्दर्भमा ओलीले अगाडि थपे, ‘अहिले सरकारमा बस्नेलाई कुनै लाजसरम छैन। भान्साभान्सामा विषादीयुक्त चिज पुग्न दिँदा विदेशी मालिक खुसी हुन्छन् कि हुँदैनन्रु त्यति हो कुरा। मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो ररु नेपालीका भान्सामा विषादी आएर के भयोरु हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो। सकेजति त जाँच्नुपर्योप नि। तर जाँच्न नपाइने १ छिमेकीलाई खुसी पार्ने, अरूलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने। यसखालको नीति लिएको छ सरकारले।’

ओलीले एमालेविरुद्ध संगठित र सक्रिय ढंगले सामाजिक सञ्जालबाट आक्रमण हुन सक्ने भएकाले नआत्तिकन प्रतिरोध गर्नुपर्ने बताए। ‘सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्। राम्रो गर्दा पनि नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरू खनिएका हुन्, उनीहरूले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईंको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरूले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन्,’ ओलीले भने।

ओलीले सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजीवीलाई सुझाव दिए। ओलीले माधव नेपालप्रति लक्षित गर्दै एमालेले राष्ट्रपति दिँदा कांग्रेसलाई सोध्न गएको भन्दै व्यंग्य गरे।

प्रकाशित: २१ फाल्गुन २०७९ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App