२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा माओवादीको मत सुवास नेम्वाङलाई: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेम्वाङलाई दिने बताएका छन्।

जुम्लामा पत्रकारसंग कुरा गर्दै नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा पुष १० को सम्झौता अनुसार माओवादीले एमालेलाई राष्ट्रपतिको मत दिने बताएका हुन्।

उनले यो माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले सहमतिको कार्यान्वयन माओवादीले गर्नुपर्नेमा जोड दिए। उनले माधव नेपालले पनि ठूलो अवसर गुमाएको पनि बताए।  

नेकपा एमालेले फेरी एक पटक उनलाई राष्ट्रिपतिको उम्मेदवारको लागि भनेको भएपनि स्विकार नहुनु उनका लागि घाटा भएको उनको भनाइ छ। 

पत्रकारहरुले वर्तमान राजनीतिक सत्ता समिकरणको बिषयमा सोधेको प्रश्नमा उनले माओवादीले मत दिएमा एमालेले थप बलियो बनाइदिने बताउदै पुरानै समिकरणको कुरा वापपन्थीका लागि राम्रो नभएकोमा जोड दिए।

प्रकाशित: १४ फाल्गुन २०७९ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App