१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भयाे: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन्।

आईतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले के–के न गरौंला भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको आरोप लगाए।

उनले भने 'नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले। पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भईसकेको छ  ढोक्सा थाप्ने भनेको त्यही हो। त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ। अव सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हावी हुने हो कि। होइन सन्तुलनको राजनीति अप्नाएर जाने भन्ने मान्यता हावी हुने भन्ने कुरा हप्ता दिन भित्र टुंगो लागि सक्छ।’ उनले भने। 

प्रकाशित: ७ फाल्गुन २०७९ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App