coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा नै भूमिका खेलेः चित्रबहादुर केसी

फाइल तस्बिर।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उनले बताए।

‘राष्ट्र सानो ठूलो हुनसक्छ। निश्चय पनि नेपालको तुलनामा भारतको भुगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ’, उनले भने, ‘तर सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो हुँदैन। सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ।’

सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको दाबी गरे।  

केसीले भने, ‘विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ।’

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए।  

‘छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकारप्रमुख, विभिन्न तहका मानिसहरु आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरुलाई अलिकति लाज लाग्दैन।’, उनले भने।

उनले भुगोलको हिसाबले राष्ट्र सानो, ठूलो भएपनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताए। सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए।

प्रकाशित: ३ फाल्गुन २०७९ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App