coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘देशका लागि काम गर्दा पराइ बनाए’

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले देशकै लागि काम गर्दा पनि पराइ बनाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनीले आयोजना गरेको किसानसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै लामिछानेले सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति संकेत गर्दै यस्तो बताएका हुन्।  

‘म लडेको मात्रै हो, मरेको छैन,’ सभापति लामिछानेले देशकै लागि काम गर्दा पनि पराइ बनाइएको छ।’ राजनीतिलाई सफा गर्न आएकाले केही हिलो लाग्न सक्ने बताए।

लामिछानेले नेपालको राजनितिलाई शुद्ध बनाउन आफू जनतामाझ आएको बताए। उनले अबको ५ वर्षपछि संसद्मा रास्वपा मात्रै रहने बताए। आगामी चुनावमा आफ्नो पार्टीले १०० सिट जित्ने उनको दाबी छ। उनले भने, ‘म चाहान्छु, म मरेको बेलामा गिनिज बुकमा नाम लेखाउने मिल्ने सबैभन्दा बढी मलामी होउन्।’ आफूले कुनै कुकर्म नगरेको स्पष्टोक्ति दिँदै उनले प्रमाणित भए चितवन नटेक्ने बताए। जनताको काम गर्दा कुनै गलत काम नगरेको उनको भनाइ छ। उनले भने, ‘आगोलाई चलाउने कोशिस नगर्नुहोला, यो आगो मैले व्यक्तिगत ताप र रापका लागि आफूभित्र सल्काएको आगो होइन, यो वर्षौसम्म दुःख पाएका नागरिकबाट लिएर आफ्नो शरीरमा लगाएको आगो हो, त्यतिबेला मात्र यो निभ्छ कि संविधानमै लेखिएका वाचा पूरा होस्।’

निर्वतमान उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका उनले चितवन २ मा फेरि घण्टी बज्ने बताए। आगामी उपनिर्वाचन तर्फ संकेत गर्दै उनले भने, ‘अब नबुझ्नेले बुझ्नेगरी, नसुन्नेले राम्रोसँग सुन्नेगरी चितवन २ मा फेरि घण्टी बज्नेवाला छ।’ आफुले खुलेर आफ्ना भावनाहरू राख्ने गरेको भन्दै सभापति लामिछानेले जनताको मुद्दा बोकेर फेरि संसद्मा पुग्ने बताए।

चितवन निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालले न्यायलयभित्रबाट आफूहरूमाथि प्रहार भएको गुनासो गरे। अन्तरक्रियालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले गरेको फैसला न्यायसंगत नभएको बताएका हुन्। कार्यक्रममा पशुपंक्षी विज्ञ हुम बहादुर बस्नेत र तत्कालिन कृषी विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले किसानका समस्याका बारेमा विचार राखेका थिए।

प्रकाशित: २९ माघ २०७९ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App