१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेस महामन्त्री गगनको प्रश्नै प्रश्न

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा किन गएको भन्दै प्रश्न गरेका छन्। र, सरकारको समर्थन फिर्ता नलिएको भन्दै रास्वपाप्रति असन्तुष्टि पनि जनाए।

उनले बुधबार राजधानीमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उक्त प्रश्न गरका हुन्।

महामन्त्री थापाले भने, ‘पूराना नेताहरुलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको? सरकारमा किन गएको भनेर भन्न नपर्ने। सरकारमा गएको मान्छे फेरी किन बाहिर गएको? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दाखेरी हामीसँग गरिएको सहमती पालना भएन भन्ने। सहमती कसले पालना नगरेको? प्रधानमन्त्रीले पालना नगरेको। सबैभन्दा बढि रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन?’

उनले सरकार छोडेर पनि सरकारको समर्थन फिर्ता नगरेकोप्रति पनि असन्तुष्टि जनाएका थिए। ‘अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन  कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाँही प्रश्न सोध्नै नहुने हो?’, महामन्त्री थापाले भने।

महामन्त्री थापाले लोकतन्त्रको रक्षाका लागि प्रेसमा पनि सुधार आवश्यक भएको बताए।

प्रकाशित: २५ माघ २०७९ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App