१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्छौं: महामन्त्री थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन्।

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढने बताए।  

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए।

उनले भने,  ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु। ठिकै हो। त्यो पनि कुरा। तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने। हामीले संसद विघटनको बेलामा हे¥यौ। सम्माननीय राष्ट्रज्यू समक्ष अडकिएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश। यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन। जसलाई मैले संसदमा पनि राखेको छु । भोलीको दिनमा पनि फेरी संसदमा राख्नेछु।’

विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाइ थियो।

प्रकाशित: २५ माघ २०७९ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App