१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकलाई बताइन्। राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने चौधरीले बताइन्।  

यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिने बताइएको थियो। अहिले पार्टीका प्रदेश सांसद्हरुको काठमाडौंमा बैठक चलिरहेको छ। भोलि सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने कार्यक्रम छ। पुस २७ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले ३० दिन अर्थात २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएपछि  मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने तयारीमा थिए।  

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र भने विपक्षमा छन्। कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्री रावल नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

प्रकाशित: २४ माघ २०७९ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App