१२ चैत्र २०७९ आइतबार
राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध, आज औपचारिक घोषणा

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। औपचारिक घोषणा भने आजकाे राष्ट्रिय सभाकाे बैठकमा हुनेछ । आइतबार उपाध्यक्षमा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी हुन्।

राष्ट्रियसभाको आजको बैठकमा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको थियो। त्यसमा उम्मेदवार बनेकी अर्याललाई कांग्रेसले प्रतिस्पर्धी नदिएर निर्विरोधका लागि सघाएको छ।

अर्यालकाे प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, समर्थकमा एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा थिए।

पर्साको वीरगन्ज महानगरपालिका-२३ गण्डकचोक स्थायी ठेगाना भएकी ६६ वर्षीया अर्याल २०७८ फागुनदेखि राष्ट्रियसभामा सांसद छिन्। यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो।

प्रकाशित: २३ माघ २०७९ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App