राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू ‘जेल परे पनि, मरे पनि र बौलाए पनि’ आफ्नो पार्टी अगाडी बढ्ने बताएका छन्।
उनको पार्टीले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको हो। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सरकार छाडेपनि सरकार माथिको समर्थन कायम रहने उनले जानकारी दिए।
‘म जेल परे पनि, म मरे पनि र म बौलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढ्छ’, मिडियाप्रतिको आक्रोश पोख्दै गर्दा लामिछानेले भने।
विशेष पत्रकार सम्मेलन आयोजना गरेका उनले ‘स्वार्थको द्वन्द्व’का नाममा आफूलाई मिडिया हाउसहरूले चौतर्फी घेरा हालेको आरोप पनि लगाए।
मिडियाकै कारण आफू र आफ्नो दल सरकारबाट बाहिरिनु परेको लामिछाने बताए। यद्यपि उनले आफूलाई सरकारमा रहँदा स्वतन्त्र रूपका काम गर्न दिएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका थिए।
प्रकाशित: २२ माघ २०७९ १८:१० आइतबार