नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। अहिले उनको अवस्था सामान्य रहेको सिभिल अस्पतालले जनाएकाे छ।
प्रकाशित: २० माघ २०७९ ०८:२७ शुक्रबार