१५ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रिय सदस्य गणेश कार्की भन्छनः प्रचण्डले विधि र ओलीले समर्थन गर्नुपर्ने दिनको अपेक्षा थिएन

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले राजनीतिक रूपमा पार्टीले केही गल्ती गरेको स्वीकार गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि सत्ता गठबन्धनमा उत्पन्न विवादलाई लिएर यस्तो लेखेका हुन्।  

उनले लेखेका छन्, ‘हामीलाई हेरेर प्रचण्डहरूले विधि र नैतिकताको कुरा गर्ने। हामीलाई ओलीहरूले समर्थन र सद्भाव देखाउनु पर्ने। यस्ता दिनको हामीलाई अपेक्षा थिएन। यस्ता दिन हामीले चाहेकै थिएनौँ। तर भोगिरहेका छौँ। राजनीतिक रूपमा नै केहि गल्ती त हामीबाट भएकै छ। केहि गल्ती हामीबाट हुन लागेकै छ।’

अहिले रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधि र नैतिकता सिकाउने र एमाले अध्यक्ष केपी ओलीले सद्भाव देखाउनुपर्ने ठाउँमा पुगेको उनले बताए।  

प्रकाशित: १८ माघ २०७९ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App