रसुवा बाढी : जलविद्युत आयोजनामा काम गर्ने ताप्लेजुङका चार जना सम्पर्कविहीन
त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।
त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चीनमा अलपत्र परेका नेपाली नागरिकलाई बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।
बाढीपछि विभिन्न जिल्लामा हालसम्म १७७ शव फेला परेका छन्। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ शव फेला परेको विवरणमा उल्लेख छ।
रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवागढी भन्सार कार्यालय र भन्सार यार्ड पूर्ण रूपमा ध्वस्त भएको बताएका छन्।
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ।
चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ। अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ।
सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ।
ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ पर्यटक प्रभावित क्षेत्रबाट बेपत्ता भएको पहिचान भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार हराउनेमा भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र जर्मनीका ८ नागरिक छन्।
प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुगेका छन्।
ज्ञानेन्द्र शाहीले विपद्को बेला केहि व्यक्तिहरुको गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्।
प्राधिकरणका अनुसार आज बिहान १०:३० बजेसम्म उद्धारका लागि ३७ वटा हवाई उडान भएका छन्। बिहान ११:१५ बजेको विवरणअनुसार ११ वटा हेलिकप्टर उद्धारका लागि परिचालन भइरहेका छन्। यस्तै, आज बिहान जमिनबाट थप ६३ जनाको उद्धार गरिएको छ।