१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान सुरु गरियोस्: नेकपा एस (ज्ञापनपत्रको पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापनपत्र बुझाएको छ। अर्थतन्त्र सुधार र मंहगी नियन्त्रण गर्न तत्कालै आवश्यक कदम चाल्नुपर्ने माग राख्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान सञ्चालन गर्न सरकारलाई सुझासमेत उल्लेख गरिएको छ।

अध्यक्ष नेपालले युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन वृद्धिमा जोड दिनुका साथै कृषि उपज बिक्रीको प्रत्याभूति गर्न सरकारलाई सुझाव दिएका छन्।

यस्तै कक्षा ८ देखि १२ सम्मका पाठ्यक्रममा एक विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरु राख्न एकीकृत समाजवादीको माग छ।

यस्तो छ एकीकृत समाजवादीको ज्ञापनपत्र:

https://images.nagariknewscdn.com/pdf/1675141507_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%87-%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%AA%E0%A4%A8-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-Copy.pdf

प्रकाशित: १७ माघ २०७९ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App