६ चैत्र २०८० मंगलबार
राजनीति

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए पद तथा गोप्यनियताको सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

आइतबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधिश गुणराज ढुंगेलले उनलाई पद तथा गोप्यनियताको शपथग्रहण गराएका छन्।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ। नव नियुक्त मुख्य न्यायाधिवक्ता सिरहा जिल्ला निवासी हुन्।

यसअघि मधेश प्रदेशको न्यायाधिवक्तामा महोत्तरीका दीपेन्द्र झा थिए। मंसिर ४ गते भएको निर्वाचनमा सहभागी हुन उनले पदबाट राजिनामा दिएका थिए। उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ुकुबाट चुनाव लड्दा पराजित भएका थिए। पराजित भएपछि उनी पुनः कानून व्यवसायी पेशामै फर्किएका छन्।

प्रकाशित: १५ माघ २०७९ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App