१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हामी संघीयताको विरोधमै छौं, राजतन्त्र बारे पार्टीको धारणा यावत छ: मन्त्री पाण्डे

सहरी विकास मन्त्री विक्रम पाण्डेले राष्ट्रिय प्रजातन्त्र पाटी सधैँ संघीयता र धर्मनिरपेक्षताको विरोधमा रहेको बताएका छन्।

आज (बुधबार) भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले आफ्नो पाटीको सिद्धान्त अनुसार नै आफ्ना धारणा राख्ने बताएका हुन्।

राष्ट्रिय सभामा हिजो (मंगलबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूलाई संघीयताको विरोधमा नबोल्न चेतावनी दिएका थिए। तर, सरकारकै मन्त्री पाण्डेले संघियताको विरोधमा अभिव्यक्ति दिएका हुन्।

'हामीले संघियता स्वीकार गरेका छैनौँ। राजतन्त्रको विषयमा कुरा उठाएका छौँ। धर्मनिरपेक्षताका कुरालाई विरोध गरेका छौँ। त्यो यावत छ,’ उनले भने।

'जुन किसिमले सोचेका छौँ त्यही हिसाबले अगाडि बढ्छौँ। पाटीको धारणा रोकिँदैन।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष समेत रहेका पाण्डेले अहिलेको संरचनामा रहेर आफ्नो धारणा राख्ने बताए। मन्त्री पाण्डेले आफू स्वार्थ बाझिने मन्त्रालयमा नरहेको जिकिर समेत गरे।

मैले यसअघि नै हरेक कम्पनीबाट राजीनामा दिएको अवस्था हो। राजनीतिक रुपमा समाजसेवामा होमिएको व्यक्ति हुँ।’ उनले भने, स्वार्थ बाझिने कुरा भनेको मेरो मन्त्रालयमा मेरो परिवारले गरेको कुनै पनि व्यवसायमा म मन्त्री भएपछि गरिने कामहरू भए स्वार्थ बाझिने हुन्छ। हरेक पटक स्वार्थ बाझिने मन्त्रालय पायो भनेर बोल्दै हुनुहुन्छ। मलाई आश्चर्य लागेको छ।’

उनले पाटी र पाटी अध्यक्षले काम गर्न सक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको बताए। सहरी विकास मन्त्रालयमा रहेर ७७ जिल्लामै देखिने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए।

बाँकेमा भएको सिक्टा सिँचाई आयोजनामा गुणस्तरयुक्त काम भएको बताएका छन्। राजनीतिक स्वार्थका कारण मुद्दा लगाइएको भन्दै अहिले अदालतले समेत सफाइ दिएको बताए।

'म अहिले पनि भन्छु सिक्टा सिँचाई आयोजना नेपालकै सबैभन्दा राम्रो गुणस्तरयुक्त काम भएको आयोजना हो। कसैले भन्दिएको भरमा समाचार नलेख्नुहोस्। ७ मिटरमा माटो भत्किएको थियो। साढे दुई लाख रुपैयाँमा सम्पन्न भएर बाँकेका किसानहरूले चारबालीसम्म खेती गरिहनुभएको छ,’ उनले भने, सिक्टा सिँचाई योजनाको मुद्दा एउटा राजनीतिक उद्देश्यका साथ लगाइएको थियो। अदालतले सफाइ दिएको छ।’

कुनैपनि काम सरकारलाई हस्तान्तरण गरेको एक वर्षपछि मात्र निर्माण कम्पनीको जिम्मा हुने भन्दै पाण्डेले सिक्टा सिँचाई आयोजना हस्तान्तरण गरेको चार बर्ष पछाडि मुद्दा लगाइएको बताए।

नहरमा माटो भत्किनु सामान्य विषय रहेको उनको दाबी छ। निर्वाचनको समयमा आफुले गरेका गरेका बाचाहरू पुरा गरेर छाड्ने उनको भनाइ छ। 

प्रकाशित: ११ माघ २०७९ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App