७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन्।

बुधबार शर्माले ट्वीट गर्दै प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका हुन्।

उनले आचार्यको आत्मदाहप्रति दुखी बनेर श्रद्धाञ्जली दिएरमात्र उन्मुक्ति नमिल्ने बताएका छन्।

उनले भनेका छन्,'प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन! नीति' बदलिएर पुगेन, थिती' बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ  उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।'  

मंगलबार संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको छ।  

प्रकाशित: ११ माघ २०७९ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App