१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्। उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए। भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री दाहालले बताए।

‘भौतिक रुपले मात्रै सम्पन्न गराउने नभइ मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्छौँ।’, उनले भने।  

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न योग आवश्यक रहेको बताए। मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाई छ। उनले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताए। 

‘भौतिक रुपले धेरै नै विकसित भनेका देशमा पनि मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेशनतिर जाने गरेका छन्’, उनले भने, ‘भातिक रुपले सम्पन्न र विकसित देशहरुमा तथ्यांकहरु हेर्दा मानसिक रुपले कमजोर भएको तथ्यांकहरु धेरै छ। आत्महत्यका तथ्यांकहरु त्यहाँ नै बढी छन्।’                                                                         

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए। संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको उनको तर्क छ।

प्रकाशित: १ माघ २०७९ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App