११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटघाट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज यी दुई नेताबीचको भेटघाट  एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भएको हो।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।यी दुई नेताबीच राष्ट्रपति र सभामुखको चुनावलाई लक्षित गरेर कुराकानी भएको हुन सक्ने बताइएको छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चुनावलाई लक्षित गर्दै विभिन्न पार्टीका नेताहरुलसंग आफ्ना पार्टीका नेताहरुलाई छलफल गर्न लगाएर राजनैतीक पार्टीको धारणा बुझ्न लगाएको अनुमान गरिएको छ। 

प्रकाशित: ३० पुस २०७९ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App