coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका हुन्।

प्रदेशसभाका ९३ जना सांसद मध्ये मतदानमा ९२ जना सहभागि भएका थिए। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश  गरेका थिए। प्रस्तावको पक्षमा ५९ मत प्रप्त भएको र विपक्षमा ३२ मत प्राप्त भएको सभामुख बाबुराम गौतमले बताए।

उनले मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभा बैठकमा जानकारी दिए। सत्तारुढ एमाले गठबन्धनसँग ६० मत भए पनि नेकपा माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्वाचित भएका थिए। यस्तै प्रतिपक्षी दलहरूसँग ३३ मत भए पनि नेपाली कांग्रेसका एक जना सांसद अनुपस्थित भएका थिए।  

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त भएको मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि कार्कीले एक साता नपुग्दै विश्वासको मत लिएका हुन्। विश्वासको प्रस्तावमाथि प्रदेश सभाले  मत विभाजनद्वारा निर्णय गरेको थियो। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

प्रकाशित: २९ पुस २०७९ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App