८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन: लामिछाने

तस्बिरः वसन्त ढुंगाना/नागरिक

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी कोइरी महत्तोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्।  भरतपुरको विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै रवि लामिछानेले पक्राउ गरी छानबिन गर्न निर्देशन दिएको बताएका हुन्।  

‘गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जब मैले थाहा पाएँ।  तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देशन दिएको छु।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन गृहमन्त्री सँगै कोइरी संसदमा थिए।  अपराध ढाकछोप गर्न खोज्ने जोकोहीलाई निर्मम कारबाही गर्ने जिकिर गरे।  सोही अनुसार सुरक्षा निकायलाई निर्देशन दिएको बताए।  

‘विधिका शासन चुस्त दुरूस्त बनाउने विषयमा हामी कटिबद्ध छौँ।  नेपाल प्रहरीलाई विधिको शासनलाई चुस्त बनाउन काम भइरहेको छ,’ उनले भने ‘राजनैतिक पाटीको प्रभावमा नरहन सिडियोहरुलाई पनि निर्देशन दिएको छु।  अपराधसँगको छानबिनका विषयमा कसैले प्रभाव पार्न खोज्नेलाई निर्मम कारबाही हुन्छ। ’ गृहमन्त्रीलाई देखाएर कसैले नराम्रो काम गर्न खोज्छ भने त्यसलाई नछाड्न प्रहरी प्रशासनलाई अनुरोध गरे।  उनले नागरिकको भावना विपरीत काम नगर्ने जिकिर समेत गरे।  ‘राम्रो कति गर्न सक्छु।  तर, नराम्रो गर्दिन,’ उनले भने ‘बरु सफा हात लिएर निस्कन्छु। ’ उनले जनतासँगै घुलमिल भएरै काम गर्ने बताए।  

उनले भिभिआइपी सेवा सुविधा आफ्नो लागि नचाहिने बताए।  ‘संस्थाको प्रोटोकललाई चुनौती दिन चाहन्न, तर मेरै लागि कुनै विशेष काम गर्नुपर्दैन’, उनले भने, ‘गृहमन्त्रीको सुरक्षाको काम गर्न खोज्दा मैले नकार्न मिल्दैन, तर म खुल्ला रुपमा हिँड्न चाहन्छु। ’ उनले भ्रष्ट्राचारका फाइलहरू बारे अध्ययन, अनुसन्धान गर्ने बाचा नभुलेको बताए।  ‘सरकारलाई विश्वासको मत दिनु प्रतिपक्षमा बस्नु भन्ने कुराले भ्रष्टाचार कसैले रोक्न सक्दैन।  संसदमा समर्थन हुनु नहुनुमा फरक पार्दैन,’उनले भने ‘राजनीति कुरा आफ्ना ठाउँमा छन्।  राजनीति र अपराधलाई एकै ठाउँमा ल्याएर जोड्दैनौँ।’ उनले अहिलेको संसद विघटन नहुने जिकिर गरे।  

गृहमन्त्री लामिछानेले उपप्रधानमन्त्री पद हटाउँदा पनि फरक नपर्ने बताएका छन्।  उपप्रधानमन्त्री थप गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले भने, ‘उपप्रधानमन्त्री थप गर्दा राज्यलाई भार पर्दैन।  सम्मानजनक विषय बाहेक केही होइन।  मेरो नामको अगाडि रहेको उपप्रधानमन्त्री निकाल्दा आपत्ति छैन।  तर, कयौँ उपप्रधानमन्त्री भइसक्नु भएको छ।  कहिले काहीँ कसैका लागि सानो सम्मानले अर्थ लाग्छ होला।  मेरा लागि अप्ठ्यारो पर्दैन। ’ गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका लामिछानेले आफुले चितवनमा गरेका कामहरु पनि सार्वजनिक गरेका थिए।  

प्रकाशित: २८ पुस २०७९ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App