७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।

बिहीबारको प्रदेससभा बैठकमा प्रदेससभाका जेष्ठ सदस्य गयानन्द मण्डलले सभामुखका लागि एक जनाको मात्रै उम्मेदवारी परेका कारण सभामुखमा गौतम निर्विरोध निर्वाचित भएको जानकारी गराए।

ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावकमा एमालेका रेवती रमण भण्डारी, समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु माओवादी केन्द्रका नारायण बुर्जा मगर र  राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन्। सभामुखको सपथग्रहण बिहीबार दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  

प्रकाशित: २८ पुस २०७९ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App