लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउने छन्।
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ। एमाले र माओवादी केन्द्रबाट एक÷एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताएका छन्।
आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उनले भने , “त्यसका लागि छलफल भइरहेको छ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन्। यसलाई घटाउने गरी छलफल भइरहेको छ।
प्रकाशित: २८ पुस २०७९ ०६:१८ बिहीबार





