१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भ्रष्टाचारको उन्मूलन आजको आवश्यक्ता: वरिष्ठ नेता पौडेल

फाइल तस्बिर।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।

बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। 

वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफनो पार्टीले विश्वासको मत दिएको बताए। उनले पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुशी र गौरवको विषय भएको समेत बताए।

उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरुले मिलेर काम गर्नुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले भने,  ‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यक्ता छ भनेर मैले भन्दै पनि आएको थिएँ। र, त्यही अनुसारको अभ्यास हामी गर्दै पनि छौं। आज राष्ट्रिय एकता दिवस पनि प¥यो। आज यो नेपाल राष्ट्रलाई एकीकरण गरेर हामीलाई नेपाली बन्नलाई एउटा अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको त्यो जन्मदिवस हामी मनाईरहेका छौं। यो अत्यन्त खुशी र नेपालीका लागि गौरवको विषय हो। र, यो राष्ट्रिय एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै एकता दिवस मनाउने होइन् हामीले साच्ची नै हाम्रो राष्ट्रलाई एकतावद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ। आज अति दलबन्दी भयो। दलदलकै बीचमा बढता भयो। र, फलानो पार्टीको मान्छे आयो भने अड्डा, अफिसमा पनि मेरो आयो कि अरुको आयो भनेर हेर्ने यो चलन भयो। र, निमुखाले न्यायः विपन्नले आय पाउन सक्ने स्थिति भएको छैन।

त्यसका लागि एकताको आवश्यक्ता छ। सबै मिल्ने हो भने प्रशासन यन्त्रमा पनि अनुशासन हुन्छ। होइन भने कसको हो भन्छन। सरकारलाई टेर्न पनि छोडीसके यहाँ। त्यसो भएको हुनाले आज देशलाई एकताको खाँचो छ। त्यो मात्रै होइन राष्ट्रिय एकताको खाँचो छ। त्यसो भएको हुनाले हिजो हामीले सबैले एकैठाउँ भोट हाल्यौं। मैले त्यो भन्दा अगाडिदेखि यो कुरा भन्दै आएको थिए। र, अहिले आएर त्यो एकताको कुरो यहाँ आएर एउटा भावनात्मक रुपमा हामी नेपाली कसरी एक भएर राष्ट्रलाई उन्नतिको बाटोमा अगाडि बढाउन सक्छौैं? र, नेपाल राष्ट्रले भोगीरहेका अहिलेका विकट समस्याहरुलाई कसरी सबै नेपाली मिलेर सामना गर्न सक्छौं। यो कुरातिर हामीले सोच्नु पर्दछ। र, पृथ्वीनारायण शाहको दिव्य उपदेश अव घुस लिन्या र दिन्या दुवै अपराधी हुन, त्यसलाई कारबाही गर्नपर्छ भन्ने छ।

त्यसकारण यो सबैभन्दा पहिला सुशासन, भ्रष्टाचारको उन्मूलन आजको आवश्यक्ता छ। अनिमात्रै मुुलुकले प्रगति गर्छ । हाम्रो अवको रणनीति मिलेर काम गर्ने हुन्छ। नेपाललाई अव यो पाँच वर्षमा धेरै ठूलो विकासको फड्को मार्ने। हामी सत्तामा नगई तलबाटै सहयोग गर्ने। अहिले सरकारमा जाने कुरा नै छैन। हामी सरकारमा जाँदैनौं। अहिले राष्ट्र निर्माणमै एकता गरेर अघि बढनु पर्दछ।

मुलुकलाई दलदलमा फसाउन नहुने उनको भनाइ थियो। 

प्रकाशित: २७ पुस २०७९ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App