coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माघ २ गतेदेखि ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने

निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ।

सोमबार निर्वाचन आयोगले विज्ञेप्ति जारी गर्दै आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने जनाएको हो।  

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो।

गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो। आगामी माघ २ गतेदेखि ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ।

यो हेनुहोस सुचना

प्रकाशित: २५ पुस २०७९ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App