८ वैशाख २०८१ शनिबार
राजनीति

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताए।

उनले नेपाली काँग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले बेथितिका बिरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताए।

उनले नेपाली काँग्रेस नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताए। सांसद पौडेलले काँग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसदलाई प्रभावकारी बनाउने बताए।

उनले भने, ‘प्रतिपक्ष भुमिका हाम्रा लागि अवसर हो, यो अवसरलाई हामीले जतिसक्दो प्रभावकारी ढंगबाट हामीले उपयोग गर्न सक्नुपर्छ। बेथितिका बिरुद्ध हामीले संसदको आवाजलाई बुलन्द गर्न सक्नुपर्छ। नेपाली काँग्रेस नयाँ ढंगबाट आएको सन्देश हामीले दिन सक्नुपर्छ। यस्तो व्यवस्थामा सहमतिको सरकारको व्यवस्था हुँदैन। यो व्यवस्थामा सरकार हुन्छ, प्रतिपक्ष हुन्छ। दुवै आवश्यक पर्छ। सरकार बहुमत पुग्नेले निर्माण गर्छ, प्रतिपक्ष बेन्चमा बसेर सरकारलाई खबरदारी गर्छ। संसदलाई प्रभावकारी बनाउने गरी प्रतिपक्षले काम गर्नुपर्छ। यो व्यवस्थाको सौन्दर्यतालाई कायम गरेर नै अघि बढ्नुपर्छ।’

सांसद पौडेलले आजको बैठकमा शिर्ष नेताहरुले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास लिएको बताए।

प्रकाशित: २५ पुस २०७९ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App