२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयले ‘हिमालयको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

पूर्वाञ्चल विश्वविद्यालयले हिमालयको भविष्य, दिगोपन र विकासको बाटो विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ। सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो।

सम्मेलनमा विश्वका १२ देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीले सहभागिता गर्नेछन्। आगामी माघ २९ देखि फागुन १ गतेसम्म पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर, गोठगाउँमा सम्मेलन आयोजना गरिने आयोजक समिति ‘पीयु आइकलन २०२६’ का संयोजक प्रा.डा. भोलानाथ शर्मा घिमिरेले जानकारी दिए। उनले भने, “यो अन्तर्राष्ट्रिय सम्मेलनको नाम ‘पियूआइकन’ राखिएको छ र यो विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन श्रृंखलाको संकेत चिन्ह हो।”

संयोजक घिमिरेका अनुसार नेपाल, भारत, थाइल्याण्ड, साउथ अफ्रिका, बंगलादेश, अमेरिका लगायत १२ देशका तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ‘हिमालयको भविष्यको परिकल्पना: दिगोपन र विकासको बाटो’ विषयमा १२ वटा थिमेटिक सेसन सञ्चालन हुनेछन्, जसमा १५० जना सहभागीले आफ्नो अध्ययन र अनुसन्धानपत्र प्रस्तुत गर्नेछन्।

सम्मेलनमा हिमालयन क्षेत्रका दिगोलक्ष्य र विकास लक्षित नीति, विशेष आवश्यकता, जलवायु परिवर्तन र त्यसले पारेको प्रभावलगायत विषयमा छलफल हुने छ। यसले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरका अन्य विश्वविद्यालयसँग नजिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलन सफलतापूर्वक सञ्चालन गर्न १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ। संयोजक घिमिरेले सम्मेलनले विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय वरियातामा पूर्वाञ्चल विश्वविद्यालयको प्रतिष्ठा बढाउने लक्ष्य राखेको बताए।

प्रकाशित: १२ माघ २०८२ १८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App