नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको बताएका छन्।
बिहीवार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरिको हो।
बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले बताए। उनले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए।
उनले भने, ‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रश्ताव पारित गरेका थियौँ। हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ। यसै विषयमा व्यापक छलफल गरेका छौँ। विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४/५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो। एकीकृत भएका थियौँ। त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ। यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निस्कर्ष निकाल्नेछ।
उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रश्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको बताए।
प्रकाशित: २१ पुस २०७९ १०:०८ बिहीबार





