७ वैशाख २०८१ शुक्रबार
राजनीति

जस्तो जनमत, त्यस्तै सरकारः गृहमन्त्री लामिछाने

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका हुन्।  

उनले आफ्नो पार्टीको तर्फबाट सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउन अल्पकालीनसहित दिर्घकालिन व्यवस्था गर्ने, युवा स्वरोजगार र गुणस्तरीय शिक्षासहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए।

उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत ल्याउन सक्यो, न काँग्रेसले बहुमत ल्याउन सक्यो, न अन्य सत्तामा रहेका र बाहिर रहेकाले जनमत ल्याउन सक्यो। त्यसैले हामिले त्यहि जनमतबाट बनेको सरकारले हामिले गरेको प्रतिबदता पुरा गर्ने साझा कार्यक्रम ल्याउँन लागेका हौँ।’  

उनले जस्तो जनमत आएको छ, त्यस्तै सरकार बनेको बताए।

प्रकाशित: २१ पुस २०७९ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App