१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको परामर्श

निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ। सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो।  

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीको उपस्थिति रहेको थियो।  

मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सदस्यको पद रिक्त भएको थियो।  

कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ। ‘सोबमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिइएको छ’, आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १८ पुस २०७९ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App