काठमाडौं- नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई साहसीक निर्णय लिन आग्रह गरेको छ।
संघका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ती जारी गर्दै नेपाल र नेपाली जनताको हित विपरित नेपालको स्थिरतालाई खल्वलाउन अनेक किसिमका षडयन्त्र भएको उल्लेख गरिएको छ। यस प्रकारका षडयन्त्र गर्ने देशीविदेशी जो सुकैलाई नेपाली भूमि भित्र कडा निगरानी राख्ने पनि पहारीले विज्ञप्तिमा चेतावनी दिएका छन्।
सरकार ढाल्ने खेलले देशलाई बर्वादीको दिशामा लगेको पनि युवा संघले बताएको छ। सरकार के का लागि ढाल्ने? नयाँ प्रधानमन्त्रीका एजेण्डा के? भन्दै युवा संघले प्रश्न समेत गरेको छ। युवा संघले सरकार ढाल्न खोज्नुलाई राष्ट्रघाति कदमको संज्ञा दिएको छ।
प्रकाशित: २९ असार २०७३ १४:२१ बुधबार