१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर मात्र हुँदैन: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभईकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताए।

उनले युवा वर्ग निन्दक नभईकन आलोचक बन्नुपर्ने बताए। उनले युवाहरू थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुने बताए। उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए।

उनले भने, ‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाइकन सिनिकल हुन्छौँ। निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुन्छ। तर आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छाँै। क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो। शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो। त्यो ठुलो स्ट्रेन्थ बन्छ। तर तपाई सिनिकल हुनुभयो भने तपाईँको सबैभन्दा ठुलो विकनेस बन्छ। जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ।’

महामन्त्री थापाले निन्दक बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठुलो कमजोरी हुने बताए। उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ९ पुस २०७९ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App