१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रम अन्तर्गत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो। 

अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली पार्टीको प्रदेशसभा दलको नेतामा निविरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए।

दलको नेतामा जाजरकोटबाट प्रदेशसभा (ख) बाट निर्वाचित राजीवविक्रम शाहले दाबी गर्दै आएको भनिए पनि उनकै समर्थनमा शाही दलको नेता निर्वाचित भए। रासस

प्रकाशित: ८ पुस २०७९ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App