७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार आवश्यक: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले अहिलेको गठबन्धनले बनाएपनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए। पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि उनको भनाइ छ। उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै आफू सरकारमा नजाने बताए।

अध्यक्ष लिङदेनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताए। 

प्रकाशित: ७ पुस २०७९ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App