१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन सुरु, देउवा र थापाले गरे मतदान

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि  मतदान सुरु हुने भनिए पनि मतदान केही समय ढिलो गरी सुरु भएको हो।

मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। पहिलो मतदान संसदीय दलका उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र अर्का उम्मेदवार महामन्त्री गगन कुमार थापाले गरेका छन्। त्यसपछि अन्य सांसदले मतदान गरिरहेका छन्।  

मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुँदै छ। 

प्रकाशित: ६ पुस २०७९ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App