११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसको संसदीय दलको नेताको उम्मेदवार हुन ५१ हजार लाग्ने

नेपाली काँग्रेसको संसदीय दलको नेताको उम्मेदवार हुन ५१ हजार शुल्क बुझाउनु पर्ने भएको छ।  

भोलि बिहान ८ बजे  हुने  संसदीय दलको चुनावका लागि गठित संसदीय दलको नेता तथा कार्यसमिति  निर्वाचन समितिले निकालेको कार्य तालिका अनुसार  संसदीय दलको नेताको उम्मेदवारका लागि  ५१ हजार शुल्क तोकेको छ। यस अघि २०७४ सालमा संसदीय दलको नेताको चुनावमा उम्मेदवारका लागि ४१ हजार  शुल्क तोकेको थियो। दलको नेताको उम्मेदवार हुन यति धेरै रकम किन लाग्यो भने प्रश्नमा निर्वाचन समितिका सदस्य पुष्पा भुसालले यो प्रक्रिया पहिलाको निरन्तरता मात्र हो भनिन। निर्वाचनमा उठेको रकम खर्च हुने भन्दा पनि पार्टीको संसदीय दलको खातामा जम्मा हुने  उनले जानकारी दिइन। नेपाली काँग्रेसका सांसदले  लेवी स्वरूप मासिक १० हजार बुझाउँदै आएका छन। यसरी उठेको रकम पार्टी सञ्चालनका लागि प्रयोग हुने पनि सदस्य पुष्पा भुसालले स्पष्ट पारिन।  

निर्वाचन समितिले निकालेको तालिकाअनुसार आज  दिउँसो २ बजे  नामावली प्रकाशन हुनेछ।त्यसैगरी साढे २ बजे देखि ३ बजेसम्म नामावली उपर दाबी विरोध र  छुट वा सच्याउने समय दिइएको छ।  उम्मेदवारका लागि दरखास्त दिने समय  २ बजे देखि ३ बजेसम्म तोकिएको छ। नाम फिर्ता लिने समय  साढे ५ बजेसम्मको तोकिएको छ। अन्तिम नामावली प्रकाशन आज पौने ६ हुनेछ। ्

संसदीय दलको नेतामा महामन्त्री गगन कुमार थापा र प्रधानमन्त्री एवंम पार्टी सभापति शेरबहादुर देउवावीच प्रतिस्पर्धा हुने देखिन्छ। संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार तय गर्न हिजो र आज  शेखर–गगनसहित उक्त समूहका नेताहरू छलफलमा जुटेका थिए। आजको छलफल पछि शेखर कोइरालाले गगन कुमार थापालाई प्रस्ताव गरेका छन। चुनावको नतिजाको अन्तिम परिणाम नआउँदै यस अघि रामचन्द्र पौडेल र प्रकाशमान सिंहले दलको नेतामा दाबी गरे पनि अहिले उनीहरू पछि हटेका छन्।

काँग्रेसमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ५७ र समानुपातिक तर्फ ३२ गरी जम्मा ८९ जना सांसद छन्। उनीहरूले नै संसदीय दलको नेताको लागि मतदान गर्नेछन। कांग्रेसमा दल नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने ब्यवस्था रहेको छ। त्यसैगरी संसदीय दलको नेता नै प्रधानमन्त्री हुने परम्परा रही आएको छ। 

प्रकाशित: ५ पुस २०७९ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App