coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समानुपातिक सांसदमा नेताका श्रीमती

क्याप्सन ः कर्णाली प्रदेशमा समानुपातिक छानिएका माओवादी नेताका श्रीमतीहरु उर्मीला विक (डोल्पा), यशोदा न्यौपाने (जुम्ला), मिलन खड्का रोका (रुकुम पश्चिम), जुम्कित लामा कार्की (हुम्ला)।

कर्णाली प्रदेश सभा सांसदका लागि नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदहरु नेताका श्रीमतीहरुलाई छानेको छ। कर्णाली प्रदेशमा समानुपातिक तर्फ माओवादीको भागमा चार सांसद भाग परेको थियो। चारै सांसद निर्वाचन आयोगको बन्द सूचीमा पार्टीले माओवादी नेताका श्रीमतीलाई पारेको हो।

पार्टीले निर्वाचन आयोगमा पेश गरेको विवरण अनुसार छानिएका सांसदहरुमा उर्मिला विक (डोल्पा), उनी केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन्। यशोदा न्यौपाने (जुम्ला), उनी नेकपा माओवादी केन्द्र कालीकोट संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती हुन्। मिलन खड्का रोका (रुकुम पश्चिम), उनी रुकुम पश्चिमका संयोजक गोविन्द्र रोका(सचिन)की श्रीमती हुन्। त्यस्तै जुम्कित लामा कार्की (हुम्ला), उनी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन्। पार्टीमा लामो समयदेखि निरन्तर काम गर्दै आएका क्रियाशिल महिलाहरु अपांग, घाईते, शहिद परिवार तथा लामो समयसम्म योगदान गरेका हुँदा हुँदै पहुँचकै आधारमा श्रीमतीलाई सांसद बनाएको भन्दै पार्टीभित्र असुन्तष्टी बढेको छ। नेताका श्रीमती बाहेक धेरै योगदान दिएका सांसद हुन योग्य थुप्रै महिला नेतृहरु रहेका छन्।  

त्यस्तै प्रतिनिधि सभा सदस्यमा पनि माओवादी केन्द्रबाट नेताका आफन्तहरुलाई सांसद बनाइएको छ। प्रतिनीधिसभा समानुपातिकतर्फबाट उपमहासचिव शक्तिबहादुर बस्नेतले बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माले बहिनी नारायणी शर्मा (दाङ्ग) लाई सिफारिस गरेका छन्। पछिल्लो समय माओवादी केन्द्रमा प्रदेश सरकारमा मन्त्रीदेखि सांसद समेत आफन्त र नजिक हुनेहरुले पाउने गरेको गुनासो बढ्दो छ। कर्णाली प्रदेश सभामा दुई पटक सिफारिस हुँदा समेत सांसद हुन नसक्नेहरु धरै छन्। तर, घरभित्रकै आफन्त र नेताको पहुँच हुनेहरु सांसद छानिँदा पार्टीमा योगदान दिएका महिला नेतृहरु रुष्ट छन्। ‘नसमाउने हाङ्गो, न टेक्ने डालो, भएको मान्छेलाई कहि छानी हाले भने पनि बर्बाद हुन्छ कि लागेको थियो, धन्न छान्नु भएनछ, प्रदेश र संघ अचम्म सन्तुलित गर्नु भएकोमा। कर्णालीका ४ टाउकेलाई बधाई छ।’ सामाजिक सञ्जालमा सुर्खेतकी माओवादी नेतृ हरिमाया शर्माले यस्तो लेखिन्।

प्रकाशित: २९ मंसिर २०७९ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App