१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदहरुको गुनासोः कानून निर्माण गर्न सरकारबाटै चुनौति

सांसदहरुले संसदमा कानून निर्माण गर्ने कुरामा सरकारबाट नै चुनौति रहेको बताएका छन्।

मंगलवार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवादमा बोल्दै सांसदहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माणमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन्।  

संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरुको आरोप छ ।  

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले संसदमा कानून बनाउने विषयमा सांसदहरुलाई सरकारले नै समस्या पार्ने गरेको बताए। उनले पछिल्लो समय संसद छलेर सबै दलका सरकारले अध्यादेश ल्याउनु गलत भएको बताए।

पन्तले संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्ने मानव अधिकार सम्बन्धि विधेयकहरु समेत संसदमा छलफल समेत नभई पास भएको बताए। उनले मानव अधिकार सम्बन्धि विधेयकमा सांसदहरुले संशोधन हाल्दा समेत बहुमतको आधारमा विधेयक पास भएको बताए।  

त्यस्तै राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संसद छलेर सरकारले अध्यादेश ल्याउँदा मुलुकलाई राम्रो नगर्ने बताए। उनले संसदमा विभिन्न विद्येयकहरुमा छलफल गर्नुभन्दा अगाडी नागरिक बीचमा छलफल गर्ने काम नभएको बताइन।  

देवकोटाले विधेयक तयार गर्ने समयमा नै कस्तो विधेयक आवश्यक हो भनेर छलफल गर्न आवश्यक रहेको बताइन। उनले कानून निर्माणपछि कानून कति प्रभावकारी भयो? भनेर मापन गर्ने काम नभएको बताए। सांसद देवकोटाले प्रधानमन्त्रीले समेत कानून भन्दा विपरित काम गरिरहेको बताए।

त्यस्तै अर्का सांसद बद्री पाण्डेले सांसद हुँदा संसदमा देशको हीतमा बनाएका कामको बारेमा जनतालाई जानकारी दिन जरुरी रहेको बताए । उनले संसदमा अनुभवी र अनुभव प्राप्त व्यक्तिहरु जानु आवश्यक रहेको बताए । उनले नयाँ व्यक्तिहरु संसदमा जाँदा एक वर्ष भन्दा बढी सिक्न समय लाग्ने बताए।

प्रकाशित: २७ मंसिर २०७९ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App