७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

रेशम चौधरीलाई स्वागत गर्न भन्दै कारागार पुगे समर्थक

सरकारले रेशम चौधरी लगायतलाई आम माफी दिने अध्यादेश ल्याएपछि समर्थकहरु चौधरीलाई स्वागत गर्न पुगेका छन्। चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीको झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका हुन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थपेर ‘राजनीतिक विद्रोहीहरू’ लाई आम माफी दिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेको छ।

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। उक्त घटनाको दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन्।

प्रकाशित: २६ मंसिर २०७९ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App