१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्मचारीलाई मन्त्री चौधरीको प्रश्न: काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमन सुरु गरेका छन्। 

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका हुन्। 

उनले भने, ‘काममा किन ढिलाई भइरहेको छ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ? ढिलाई गर्दा कमिसन बढ्छ?’

उनको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए। ‘कोभिड त सकिएन र?’ उनले प्रश्न गरे । 

‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’

‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो। 

त्यस लगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा निस्किए। त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने। सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए। 

प्रकाशित: २५ मंसिर २०७९ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App