coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

ललितपुरको च्यासल स्थीत पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।  

बैठकमा आमनिर्वाचनको बारेमा  समीक्षा र समानुपातिक सांसद छनोटल गायतका विषयमा छलफल हुने बताईएको छ।  मंसीर ४ गते सम्पन्न आमनिर्वाचनमा नेकपा (एमाले), ले   प्रतिनिधि सभाको  प्रत्यक्षतर्फ ४४ तथा समानुपातिक तर्फ ३४ सिट जितेको छ। एमाले प्रत्यक्ष तर्फ दोस्रो  र समानुपातिक तर्फ पहिलो दल भएको छ।  

आगामी सरकार निर्माणको बारेमा सत्ता गठबन्धन तातिरहेको बेलामा एमाले पनि परामर्स तिर लागेको छ। यद्यपी सत्ता गठबन्धन दलको सिट संख्या १३६ भए पनि एमाले र उसले तालमेल गरेर चुनाव लडेका दलहरुको सिट संख्या सत्ता गठबन्धनको भन्दा कम रहेको छ। एमाले जसपा र राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी जम्मा १०४ सिट रहेको छ।

सत्ता गठबन्धन दल नेपाली काग्रेस, माओबादी केन्द्र नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाको प्रत्यक्ष र समानुपातिक गरी जम्मा १३६ छ।  सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई २ सिट आवश्यक पर्दछ।  

प्रकाशित: २४ मंसिर २०७९ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App