१३ माघ २०७९ शुक्रबार
राजनीति

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन्।   शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन्। 

उनले नेपाली श्रम,सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवद्र्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।  राष्ट्रिपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्नसक्ने बताए। उनले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको बिस्तार गर्न आवश्यक रहेको बताइन्। उनले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पु¥याउन र बजार बिस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको बताइन्। राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताइन्। उनले हस्तकला उद्योगको विकास र बिस्तारले नेपालको आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने बताइन्। उनले हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भुमिका खेल्नसक्ने बताइन्।

राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार बिस्तारको लागि आवश्यक नीति तथा कानूनलाई सरकारले सहजता दिनुपर्ने बताइन्। उनले सम्पूर्ण नेपालीले मुलुक भित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको बताइन्। उनले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायिक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक रहेको पनि बताइन्।

प्रकाशित: २३ मंसिर २०७९ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App