निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा आज दिउँसो ३ बजे सर्वोच्च अदालत जाँदै छन्।
संघीय संसद् सचिवालयले राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र पठाएपछि उनी आज दिउँसो ३ बजे सर्वोच्च जान लागेका हुन्।
सर्वोच्चका एक कर्मचारीका अनुसार अदालतमा महाअभियोग निष्क्रिय भएको पत्र नआएपनि राणा सोही पत्र लिएर सर्वोच्च जान लागेका हुन्।
बुधबार संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद् र जबरालाई पठाएका थिए।
प्रकाशित: २१ मंसिर २०७९ ०८:०८ बुधबार